Daily Feature News : Feb 2008
Daily Feature News »
पेट्रोल अभाव टेन्सन छ यार
- Achyut Koirala
पेट्रोलियम पदार्थको हाहाकारका कारण अहिले धेरै सेलिब्रिटीहरुलाई कुनै पनि काम गर्ने जाँगर चलेको छैन । जस्तो कि जुना प्रसाइँले पेट्रोलियम पदार्थको अभावले कम चलिरहेको सवारीसाधनका कारण कहीँ जाने कार्यक्रमलाई रद्द गर्न थालेकी छिन् । झन्, प्राश्ना शाक्यको नयाँ एल्बमको काम यतिबेला सकिनु पर्नेमा पेट्रोल अभावका कारण उनी पनि कहीँ जान सकेकी छैनन् ।
"कहीँ गयो कि ट्याक्सीले पाँच सयभन्दा कम पैसामा जाँगर नै चलाउँदैनन्", दुवै गायिकाको भनाइ छ- "पेट्रोलियम अभावले एकदमै असर पारिरा'छ ।"
तर भाग्यमानी रै'छिन् गायिका शशी रावल, जोरबिजोर नम्बरले पाउने भनेपछि हत्तपत्त उनी लाइनमा बसिन् र अस्तिको दिन पेट्राल सुरक्षित पारिन् आफ्नो बाइकका लागि । "अब कतिञ्जेल चल्छ था'छैन तर महत्वपूर्ण काममा बाहेक अरु कामका लागि चाहिँ बाहिर निस्कन्नँ", उनले भनिन्- "ज्यादै जरुरी, जरुरी र बेकारजस्ता कामलाई विभाजन गर्दै बाहिर निस्कने योजनामा छु ।" वाह, क्या बात ! शशीको बुद्धि अपनाउने हो कि संगीत उद्योगले !!
तर सबैजना शशीजस्ता कहाँ हुन्छन् र !
रेश्मा सुनुवारको कुरा सुनौँ । उनलाई पेट्रोल सर्टेजको कुरा नसुनाउनुहोस्, किनभने उनी यति क्रूद्ध छिन् कि तपाइँलाई हजार थोकको समस्या उनले एकै पटकमा सुनाउने छिन् ।
जस्तो सुन्नुस् है त ! उनी भन्छिन्- "यसले हामीलाई एकदमै असर परेको छ । ट्याक्सी पनि पाउँदैन, पाए पनि ५ सयभन्दा बढी लिन्छन् । यसका कारण हामी समयमा कहीँ पनि पुग्दैनौँ र हामीले नै गाली खाइरहेका हुन्छौँ । अभाव पनि कस्तो पनि खाना पकाउने ग्याँस पनि पाउँदैन, न त बिजुली समयमा आउँछ । कहिलेकाहीँ त अबेरसम्म भोकै बस्नुपर्ने स्थिति छ । अब तपाइँ आफैँ भन्नुस्, हामी २१ औँ शताब्दीमा छौँ कि सय वर्षघिको नेपालमा !"
उनी यति भनेर अझै थाक्दिनन्, थप्छिन्- "सरकारले समस्या चाँडो समाधान गर्नुपर्यो । गर्दै त छ, तर यो पनि पर्याप्त कदम भएन । जुनसुकै सामान ब्ल्याकमा किन्नु भन्दा त सरकारले अलिकति भाउ बढाएर र्सवसुलभ बनाउनु नै राम्रो भन्छु म त ! थानकोट नैकापमा आउँदो मार्च १ तारिख सेभ म्युजिक स्टप पाइरेसी भन्ने कार्यक्रम हुँदैछ । अब आफैँ भन्नुस्, हामी कसरी त्यहाँ पुग्ने होला यस्तो बेला !"
हो रै'छ बा !
Daily Feature News »
|