Daily Feature News : Feb 2008
Daily Feature News »
सुन्दरी लोहन निकृष्ट अभिनेत्री
- Achyut Koirala
यदि विदेशी चलचित्र हेर्नु हुन्छ र त्यसमा चासो राख्नु हुन्छ भने सुन्दरी नायिका लिण्डसे लोहनलाई पनि चिन्नुहुँदो हो । यिनलाई वर्षै निकृष्ट अभिनेत्रीका रुपमा पुरस्कृत गरिएको छ । यो अवार्डलाई संसारभर राजी अवार्ड भनी चिनिन्छ ।
त्यसो त यो अवार्ड पाउने लोहन मात्र होइन कि एडी मर्फीजस्ता प्रख्यात अभिनेता पनि परेका छन् । गोल्डेन रास्पबरी अवार्ड भनेर चिनिने यो अवार्ड हरेक वर्षओस्कार पुरस्कारको अघिल्लो दिन प्रदान गर्ने गरिन्छ । पछिल्ला केही समय यो अवार्डको लोकप्रियता पनि ह्वात्तै बढ्न थालेको छ ।
अभिनेत्री लोहनले "आई नो हु किल्ड मि" चलचित्रबाट तीन वटा राजी ट्रफी पाएकी छिन् ।
मर्फीले अघिलो वर्ष "नर्बिट"जस्तो निकृष्ट चलचित्रमा अभिनय गरेबापत पुरस्कृत भएका हुन् । नर्बिटलाई समीक्षकहरुले ज्यादै घटिया चलचित्र भनेर उल्लेख गरेका भए पनि उनको चलचित्रले संसारभरबाट १ सय ५८ मिलियन डलर उठाएको थियो ।
अभिनेत्री लोहनअभिनित चलचित्रले आठ वटा विधामध्ये सात वटामा मनोनित हुने अवसर पाएको थियो । अहिलेसम्मकै सबैभन्दा धेरै विधामा मनोनित हुने अवसर यसले पाएको थियो । यसअघि ब्याटलफिल्ड अर्थ र शो गर्ल्स चलचित्रले ६/६ वटा विधामा नामाङ्कन पाएका थिए ।
अन्य विधामा राजी अवार्ड पाउने चलचित्रहरु यस्ता थिए-
Worst Picture: "I Know Who Killed Me"
Worst Actor: Murphy in "Norbit"
Worst Actress (tie): Lohan as twin sisters Aubrey and Dakota in "I Know Who Killed Me"
Worst Supporting Actress: Murphy in "Norbit"
Worst Supporting Actor: Murphy in "Norbit"
Worst Screen Couple: Lohan & Lohan in "I Know Who Killed Me"
Worst Remake or Rip-off: "I Know Who Killed Me," based on several films
Worst Prequel or Sequel: "Daddy Day Camp"
Worst Director: Chris Siverston for "I Know Who Killed Me"
Worst Screenplay: Jeffrey Hammond for "I Know Who Killed Me"
Worst Excuse for a Horror Movie (New Category): "I Know Who Killed Me."
Daily Feature News »
|