Celebrity Dating
जेनिशाको सौर्न्दर्य र लोकेन्द्रको डेट
19 February 2008-Tuesday
-Achyut Koirala

धेरै सेलिब्रिटीहरु समयसँगै आउँछन् र केही क्षणमै हराउँछन् । चुल्बुले तर बुझ्झकी, हर्ेदा हावापन तर भित्री गाम्भिर्यता, सुन्दर तर पनि बौद्धिक जेनिशाका गुण हुन् । त्यसैले त सेलिब्रिटीहरुको कम आयुलाई यिनले चुनौति दिएकी छिन् । उनी अझ लोकप्रिय र झनै प्यारी भएकी छिन्, मिडिया र दर्शक दुवैको ।

पछिल्लो समयमा उनी मिस तामाङ भनेर मात्र चिनिएकी छैनन् । न त साइबरसंसारकी मोडलका रुपमा मात्र मान्छेले सीमित घेरामा राखेर हर्ेछन् । कान्तिपुर टेलिभिजनको 'घरबेटी बा' र भूषण दाहालको म्युजिक भिडियो 'मै ठूली भइछु रे !' को ख्यातिसँगै उनको लोकप्रियताका आधार पनि फराकिला भएका छन् ।

गएको बिहीबार उनीसँग डेट गर्न पाउने चिठ्ठा जितेर आएका नेपालको सुदूर पश्चिमी क्षेत्र कैलालीका युवा लोकेन्द्र रावत निकै खुशी देखिएका थिए । उनलाई जेनिशा निकै मन पर्थिन्, उनलाई कहाँ भेटुँ भइरहेको थियो र जुरायो साइबरसंसारडटकमले । उनी जेनिशासँग त राम्रैसँग गफि्फँदै थिए, तर अनुहार उनको रातोपीरो थियो ।

डेटिङको एकान्तिकता सकिएपछि हामीले उनलाई सोध्यौँ, कस्ती लाग्यो त जेनिशा - "साह्रै मज्जाकी । खुलस्त । धेरै जानकारी भएकी मृदु भाषी", लोकेन्द्रको यो उत्तरले तपाइँलाई छोयो भने तपाइँ पनि भिडियो हर्ेर्नुस् र त्यसको आँकलन गर्नुस् ।

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

EPL Auction of Players - Press Conference

EPL Partnership with IME & Unveiling of Players Auction Registration Details

23rd Anniversary of Miss Nepal!

EPL Announcement of Teams, Owners & Marquee Players!
 
 
 
 
 
© Copyright 1997 to 2017 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.