News & Gossip »News & Gossip
Share |
राजेश पायलको वल्र्ड टुर
3 February 2015-Tuesday
-

काठमाडौं–राजेश पायल राई एकल कन्सर्ट लिएर वल्र्ड टुरमा निस्कने भएका छन् । इण्डिया, ब्रिटेन र अमेरिकाका गायक–गायिकाहरु यसरी वल्र्ड टुरमा निस्केको खबर सुनिरहेका नेपालीहरुका लागि राजेश पायलको एकल कन्सर्ट वल्र्ड टुरको खबरले खुशि तुल्याएको छ । सयौं फिल्महरुमा प्लेब्याक तथा एल्बमहरुमा स्वर भरेका गायक राईले यो टुर फेब्रुअरी ६ तारीखमा बहराइनबाट आरम्भ गर्दैछन् । ‘राजेश पायल राईज वल्र्ड टुर–लाइभ इन कन्सर्ट २०१५’ त्यसपछि १४ फेब्रुअरीमा क्यानाडा क्युबिक, १७ अप्रिलमा कतार, जुनमा इङ्ग्ल्याण्ड, जुलाईमा वेल्स र स्कटल्याण्डमा हुनेछ । राईका अनुसार त्यसपछि २०१५ भरी अरु मूलुकहरुमा पनि । ‘राजेश पायल राईज वल्र्ड टुर–लाइभ इन कन्सर्ट २०१५’ गर्ने योजना छ । यस अनुसार २०१५ भरी राजेश पायल वल्र्ड टुरमै व्यस्त रहने छन् ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Teej Mela 2075

Harish Mathema With Legend Band - Live Performance

Sushree Sampati - 'Hukum' Song Releasing Ceremony!

Angels on the floor - Season 4
 
 
 
 
 
© Copyright 1997 to 2017 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.